२०८३ वैशाख ११ , शुक्रबार

रुकुमपश्चिममा एक पुरुषको शव फेला



सुर्खेत । रुकुमपश्चिममा एक पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान को मुसीकोट नगरपालिका ९ स्थित काउले खोलाको किनारमा शव फेला परेको हो । मुसीकोट नगरपालिका वडा नम्बर ९ का अन्दाजी ६६ वर्षीय भूपाल ओलीको शव खोलाको किनारमा फेला परेको वडा अध्यक्ष शशिराम पुनले जानकारी दिए ।

खोलामा शव फेला परेको सूचना आएपछि प्रहरीलाई खबर गरिएको उनले बताए । वडाध्यक्ष पुनका अनुसार सोमबार बेलुका भूपाल घरबाट निस्किएका थिए । खोला किनारमा निर्वस्त्र अवस्थामा एक पुरुषको शव फेला परेको भन्दै स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण खोलामा बगेर वलीको मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रहरीले भने अनुसन्धानपछि मात्र थप विवरण खुल्ने जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार