२०८२ माघ ७ , बुधबार

संविधान दिवसमा टेलिकमको अफरै अफर : के–के छन्, कसरी लिने ?



काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । संविधान दिवस २०८१ को अवसरमा दिइएको अफर आज अर्थात् असोज २ गतेदेखि ४ सम्म लागु हुने टेलिकमले जनाएको छ । अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा,१९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

अफरअन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन् छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार