२०८३ वैशाख ११ , शुक्रबार

कति बजे छ दसैं टीकाको उत्तम साइत ?



सुर्खेत । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दशैं पर्व २०८१ सालको असोज १७ गतेबाट शुरू हुँदैछ, जसको पहिलो दिन घटस्थापना हो। घटस्थापनाको शुभ साइत बिहान ९:१६ मा निर्धारण गरिएको छ।

असोज १८ गते झण्डा फेर्ने साइत बिहान ९:१४ मा रहेको छ। यस दिन झण्डा पश्चिमतर्फ फर्काएर फेर्नुपर्नेछ। असोज २२ गते पचलीभैरव यात्रा र असोज २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभ साइत बिहान ७:११ बजे र स्थिरासनको साइत बिहान ८:४३ मा छ। यस दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ।

असोज २४ गतेदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले चहलपहल बढ्ने अपेक्षा गरिएको छ। असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन पर्नेछ। असोज २६ गते टीकाको मुख्य दिन हो। देवी विसर्जनको साइत बिहान ८:३३ मा हुनेछ।  टीका लगाउने उत्तम साइत ११:३६ मा रहेको छ। टीका लगाउने व्यक्तिले पूर्वतर्फ फर्किनुपर्नेछ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा हुनेछ, जसले दशैंको चक्रलाई पूर्णता दिनेछ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार