२०८३ वैशाख १२ , शनिबार

एमाले एकल बहुमतको सरकार बनाउन चाहन्छ : शङ्कर पोखरेल



दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताएका छन् । दाङको घोराहीमा आज एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताए । ‘कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबिचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ’, उनले भने,‘एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।’

महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको उल्लेख गरे । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार