
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये एक हुन् । सहकारी छानबिन समितिले जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार