२०८३ वैशाख १२ , शनिबार

प्रचण्डको छटपटीले पूरै राजनीतिमा तनाव ल्यायो : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन्। धनगढी पुगेका पोखरेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सत्ता गुमाएको कुण्ठामा माओवादीले सरकारको एक सय दिन नपुग्दै संसद अवरोध गरेको बताए।

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनको भनाइ छ। तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभई राष्ट्रमै आतंक सिर्जना गर्ने काम भएको उनको जिकिर छ।

महासचिव पोखरेलले सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले पनि यो तथ्यलाई स्वीकार गरिसकेको जिकिर गरे। पछिल्लो समय अध्यक्ष प्रचण्ड कहिले नेपालमा १४ प्रदेश बनाउनुपर्ने अन्तरवार्ता दिँदै हिँडेका छन् त कहिले राजावादीहरूसँग भेटघाटमा व्‍यस्त देखिन थालेका छन्।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार