सुर्खेत । बाँकेको राप्ती गाउँपालिका–४ धामपुर बर्काटोलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । बिहीबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका क्रममा नेपालगञ्ज नरसिंह होममा १२ः४० बजे मृत्यु भएको हो ।
बंसी भे ७ प ४३४० नम्बरको मोटरसाइकलका चालक थिए । दुर्घटनामा परेर घाइते हुने राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका २५ वर्षीय राधेश्याम थारू रहेका छन् ।
उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यामबहादुर मगरले बताए । उनको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार