२०८३ वैशाख ११ , शुक्रबार

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बिहीबार चीन भ्रमण छोट्याएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यसबारे जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।

सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ ।  उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन् ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार