२०८३ वैशाख ११ , शुक्रबार

चिङ्गाड गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन



सुर्खेत । चिङ्गाड गाउँपालिका–५ अवलचिङ्गमा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज कार्यक्रमकाबीच यो भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले नयाँ भवनबाट सेवा प्रवाह सुचारु भएपछि चिङ्गाडका जनतालाई स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्नमा सहजता हुने बताएका छन्। गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले लामो संघर्षपछि भवन निर्माण सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै चिङ्गाडका सामान्य बिरामीहरू बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

उनले भवनको निर्माणले स्थानीय स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। यस उद्घाटनले चिङ्गाडका बासिन्दाहरूका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार