सहकारी ठगेर फरार भएका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

खबरदृष्टि सम्वाददाता ११ आश्विन २०८१, शुक्रबार १६:२७

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ परेका छन् । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका मेयर नेपाली दिल्लीबाट पक्राउ परेका हुन् । इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । नेपालीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको महानिरीक्षक राईले बताए ।

मेयर नेपालीले एक हजार ४८१ बचतकर्ताको करोडौँ रकम ठगेका थिए । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै ठगी मुद्दा दायर गरेको थियो । उक्त मुद्दापछि मेयर नेपाली फरार भएका थिए । मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

Next Post

शिक्षा प्रणालीमा असल संस्कारको कमी छ : मुख्यमन्त्री कँडेल

११ आश्विन २०८१, शुक्रबार १६:२७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयले देशलाई आवश्यक पर्ने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । आज शिव माध्यमिक विद्यालय धुलियाबिटको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले विद्यालयले केवल सिकाउने मात्र नभएर योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न ध्यान दिनुपर्ने औंल्याए । मुख्यमन्त्री कँडेलले भने, […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031