भेरीगंगामा बजार अनुगमन, चार लाख बराबरको सामान बरामद

खबरदृष्टि सम्वाददाता १३ आश्विन २०८१, आईतवार ११:१४

 

सुर्खेत । भेरीगंगामा बजार अनुगमन गरिएको छ । नगरभित्रका ९६ वटा पसलहरू अनुगमन गरिएको हो । पछिल्लो पटक भेरीगंगा नगरपालिकाले चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्र बनाएको छ । भेरीगंगा नगरपालिका, घरेलु महासङ्घ भेरीगंगा, उद्योग वाणिज्य सङ्घ भेरी र इलाका प्रहरी कार्यालय छिन्चुले संयुक्त रूपमा नगरभित्रका छिन्चु, रामघाट, जहरे र झिङनी बजारमा अनुगमन गरेका हुन् ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी गत बिहीबार, शुक्रवार र शनिवार बजार अनुगमन गरिएको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलले जानकारी दिए । उनकाअनुसार अनुगमन टोलीले खाद्यान्न, किराना पसल, गोदाम, माछा मासु, तरकारी, फलफूल, मिठाई पसल, होटेल, भेटेरिनरी, मेडिकल हल लगायतमा अनुगमन गरेको थियो ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुहरू बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीव्र पारिएको अधिकृत पोखरेलले जानकारी दिए । अनुगमनको क्रममा ठुलो मात्रामा हल्का पेय पदार्थ (फेन्टा, स्प्राईट) भेटिएको भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाँगी जानकारी दिइन ।

उनका अनुसार तीन दिनमा अनुमानित चार लाख बराबरको सामान जफत गरिएको छ । छिन्चु बजारमा रहेको श्रद्धा अडर एण्ड सप्लायर्सबाट १ हजार एक सय ९८ बोतल फेन्टा, स्प्राईट र एक सय नौ वटा सोडा फेला पारेर बरामद गरिएको उनले बताइन् । यसका साथै म्याद गुज्रेका खाद्यवस्तु, हल्का पेय पदार्थ विषादी, बिउ बिजन, लेबल नलाएका सामाग्री आगामी दिनमा बिक्री नगर्न सुझाव तथा चेतावनी दिइएको छ ।

त्यस्तै व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका पसलहरू पनि फेला परेको शाखा प्रमुख डाँगीले बताइन् । त्यस्ता व्यवसायीलाई ७ दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिइन । भेरीगंगा क्षेत्रभित्र दर्ता नगरी पसल सञ्चालन भएकाहरूका लागि पालिकाको उद्योग विकास तथा सहकारी शाखा दर्ता गर्नसमेत अनुरोध गरिन् ।

त्यस्तै उद्योग वाणिज्य सङ्घ भेरीका अध्यक्ष सोमराज ढकालले अखाद्य वस्तुको बिक्री वितरण र कालोबजारी रोक्नका लागि बजार अनुगमनलाई तीव्र पारिएको बताए । बजारका लागि उपभोक्ता सचेत हुन सके उपभोक्ता ठगिनबाट बच्ने उनले बताएका छन् ।

Next Post

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

१३ आश्विन २०८१, आईतवार ११:१४
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031