मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

खबरदृष्टि सम्वाददाता १३ आश्विन २०८१, आईतवार ११:२०

काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन्।

सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ। यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७स्०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो।

Next Post

आजदेखि सुकिला नोट सटही गर्न पाइने

१३ आश्विन २०८१, आईतवार ११:२०
काठमाडौं । यस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031