
हुम्ला । दशैंको बेला आफू खुसी हवाई टिकट वितरण गरेको भन्दै जिल्ला बाहिर जाने यात्रुहरुले सिमकोट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा ताला लगाएका छन् ।
मौसम सफा भएपनि हवाई टिकट सेड्युल तथा नाम तालिकाअनुसार नदिएको र आफ्नो मान्छेलाई मात्र दिएको भन्दै स्थानीय ज्ञान सिंह सुनारको नेतृत्वमा सिमकोट विमानस्थलस्थित सबै एयरलाइन्सको कार्यालयमा ताला लगाइएको हो ।
एयरलाइन्स कम्पनीमा काम गर्ने कर्मचारीले भित्रभित्रै सेटिङ गरेका कारण ताला लगाइएको स्थानीय धनलाल शाहीले बताए । सदरमुकाम सिमकोटमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सको कार्यालयमा ताला लगइएको हो । सबैले सम्मान तरिकाले जिल्ला बाहिर जाने हवाई टिकट पाउनुपर्ने स्थानीयको माग छ ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार