२०८३ वैशाख ११ , शुक्रबार

सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर महिलाको मृत्यु



सुर्खेत । सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती वली रहेकी छन् ।

आज (बिहीवार) बिहान गुर्भाकोट नगरपालिका–७ सानोठकेनीमा दसैँको घर सजावटकाे लागि खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेकाे ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार