काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। शाहले सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ।
शाहको सचिवालयका संवादसचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने छन्। पूर्वराजा शाह हाल भुटान भ्रमणमा छन्। उनी आइतबार स्वदेश फर्किने सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार