२०८३ वैशाख १० , बिहीबार

हाइस दुर्घटना अपडेट : यी हुन् मृतक चार र घाइते ३० जना (नामावलीसहित)



सुर्खेत । सुर्खेत–दैलेखको सिमाना वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गामा हाइस  दुर्घटनामा घाइतेहरुको पहिचान खुलेको छ।

शुक्रबार दिउँसो साढे २ बजेको समयमा दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइतेहरू
१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम।
२) जि.दैलेख भैरबी गा.पा.३ बस्ने वर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
३) निजको छोरा वर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।

४) निजको छोरी वर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।
५) ऐ.ऐ.बस्ने वर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम।
६) ऐ.ऐ.बस्ने वर्र्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
७) जि.दैलेख दुल्लु न.पा.१२ बस्ने वर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
८) ऐ.बस्ने निजको छोरा वर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम।
९) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम।
१०) निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य।
११) ऐ.ऐ.बस्ने वर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
१२) जि.दैलेख दुल्लु न.पा.६ बस्ने वर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम।
१३) ऐ.ऐ.बस्ने वर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था सिरियस।
१४) नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य।
१५) जि.सुर्खेत वीरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम।
१६) निजको छोरा वर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य।
१७) निजको छोरी वर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य।
१८) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था सिरियस।
१९) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्र्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
२०) ऐ.ऐ.बस्ने वर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम।
२१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम।
२२) जि.दैलेख महाबु गा.पा.३ बस्ने वर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मद्यम।
२३) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
२४) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य।
२५) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य।
२६) ऐ.ऐ.३ बस्ने वर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
२७) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य।
२८) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम।
२९) जि.सुर्खेत वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम।
३०) जि.दैलेख भैरबी गा.पा.५ बस्ने वर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था सिरियस।

मृतक
१) नामथर वतन नखुलेको अ.वर्ष ३२/३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको।
२) नामथर वतन नखुलेको अ.वर्ष १७/१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको।
३) नामथर वतन नखुलेको अ.वर्ष २२/२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा
४) वतन नखुलेको वर्ष अ.३८/४० को सुरेश के.सी.को उपचारको क्रममा मृत्यु भएको।

सुर्खेत–दैलेख सिमानामा हाइस दुर्घटना, १३ जना घाइते

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार