२०८३ वैशाख १० , बिहीबार

बोलेरो जिप दुर्घटना : ९ जनाको मृत्यु, १३ घाइते



सुर्खेत । कालीकोटमा बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ स्थित राढुनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

गाडीमा सवार २० जनामध्ये ९ जनाको घटनास्थलमै मृत्यु भएको र भने अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीले खबरदृष्टिलाई जानकारी दिए । उनले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए ।

हामी जाँदैछौं। दुर्घटनाको सूचना आएको छ । अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,’ उनले भने । फोन पनि लागेको छैन् ।’ उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार