२०८३ वैशाख १० , बिहीबार

जिप दुर्घटनाका घाइतेहरूलाई हेलिकोप्टरबाट उद्धार



कालीकोट। कालीकोटमा आइतबार जिप दुर्घटनाका घाइतेहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीका अनुसार घाइतेलाई भर्खरै हेलिकोप्टरले सुर्खेत ल्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित राडुनेटामा जिप दुर्घटनामा भएको थियो। दुर्घटनामा परेर कम्तीमा ९ जनाको निधन भएको प्रारम्भिक जानकारी पाइएको भएपनि यकिन विवरण आइनसकेको उनले बताइन्।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार अहिले उद्धारको कार्य चलिरहेको छ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार