२०८३ वैशाख १० , बिहीबार

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते



सुर्खेत । जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए । उनका अनुसार घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार