२०८३ वैशाख २ , बुधबार

जाजरकोटमा दुई वटा गाडी ठोक्किँदा चार जना घाइते (नामावलीसहित)



सुर्खेत । जाजरकोटमा दुई वटा गाडी एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । मंगलबार दिउँसो भेरी नगरपालिका १२ रातोपोखरामा फोर्स गाडी र जीप एकआपसमा ठोकिएका हुन् ।

नेपालगञ्जदेखि जाजरकोट खलङ्गा जाँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनकाअनुसार घाइते हुनेहरुमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–३ बस्ने वर्ष २७ कि सपना कुमारी महर जाजरकोट नलगाड नगरपालिका–७ बस्ने वर्ष ६३ कि गंगा विक जाजरकोटकै कुशे गाउँपालिका–६ बस्ने वर्ष २१ की माया तिरुवा र दाङ शान्तिनगार गाउँपालिका–७ बस्ने वर्ष ३७ की बिमला थापा रहेकी छिन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ । फोर्स गाडी चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–४ बस्ने वर्ष ३१ का बिनोद कुमार परियार र जीप चालक जाजरकोट नलगाड नगरपालिका–१३ बस्ने वर्ष १९ का अशोक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार