२०८३ वैशाख १० , बिहीबार

तरुण दल दैलेखको अध्यक्षमा मिलन विश्वकर्मा मनोनित



दैलेख । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल दैलेख जिल्ला अध्यक्षमा मिलन विश्वकर्मा मनोनीत भएका छन् । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले उनलाई अध्यक्षमा मनोनीत गरेका हुन् । जिल्लाको सङ्गठन विस्तार र सङ्गठनलाई अझ क्रियाशील बनाउनका लागि विश्वकर्मालाई मनोनीत गरेको अध्यक्ष गुरुङले बताए ।

मनोनीत भएपछि अध्यक्ष विश्वकर्माले सङ्गठनलाई अझ बलियो र सङ्गठित बनाउन प्रयास गर्ने बताएका छन् । दैलेख जिलामा तरुण दललाई बलियो बनाउन आफूलगायतका तरुण दलका अन्य नेता–कार्यकर्ताहरूसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताए ।

तरुण दलको अध्यक्षमा मनोनीत भएका विश्वकर्माले आसन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीलाई शतप्रतिशत जित दिलाउनेगरि काम गर्ने बताए । मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिकाको १३ नम्बर वडामा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । दुवै ठाउँमा पार्टीका उम्मेदवार जिताउनेगरि तरुण दल लाग्ने उनले बताए ।

प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार