यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

खबरदृष्टि सम्वाददाता १ मंसिर २०८१, शनिबार १६:०४

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको बताएका छन् । माओवादी काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउनै केन्द्रित रहेको आरोप लगाए ।

उनले भने, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोशिस गर्यौँ। त्यही कोशिस गरे बापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् ।

यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’ उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताएका छन् ।

प्रचण्डले भने, ‘हामीले कांग्रेस र एमाले जस्ता संसदवादी र प्रतिक्रियावादीहरुसँग मिलेर सरकार बनाउँदा हामीमा पनि कहीँ न कहीँ फोहोर हामीसित पनि केही आएकै छ । त्यसलाई पखाल्न पनि नयाँ आन्दोलनमा जानैपर्छ । नयाँ समीक्षा गर्नैपर्छ ।’ अध्यक्ष प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

उनले यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने बताए । ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले थपे, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

Next Post

कर्णाली सरकारले निकाल्यो ठेकेदार राज्यमन्त्री हराएको सूचना

१ मंसिर २०८१, शनिबार १६:०४
कुलेन्द्र शाही, सुर्खेत । कर्णालीको राजधानी सुर्खेतका प्रमुख सडक निर्माण कार्यहरूमा ढिलाइ र अपूर्णता रहेका छन् । जसका कारण स्थानीय नागरिक र सार्वजनिक निकायहरू निराश बनेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेका निर्माण व्यवसायी तथा ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङका निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031