
फाइल तस्बिर
काठमाडौं । सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ६ बजेपछि भेटवार्ता हुने भएको हो ।
सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल हुने बताएको छ । पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार