सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । आज बिहान अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दिपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
मृतकका १६ वर्षीय छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए । उनीले दिएको जानकारीको आधारमा प्रहरी टोली घटनास्थल गएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको टोलीले दिपा कुमाललाई पक्राउ गरेको छ ।
मृतकको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घरायसी विवाद कारण श्रीमतिले श्रीमानको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रकाशित मिति : २०८१ मंसिर ४ गते मंगलबार