२०८३ वैशाख ९ , बुधबार

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छनोट गर्‍यो पाँच खेलाडी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट गरेको छ । मङ्गलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको हो । कर्णालीले सुर्खेतमा छनोट कार्यक्रम गरेको थियो ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपीएलमा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउनेछन् ।

अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिनेछ । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ४ गते मंगलबार