सुर्खेत । जुम्लाबाट टिकापुर जाँदै गरेको यात्रुबाहक बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटनामा परेकाे छ । शुक्रवार दिउँसो ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो ।
बस भित्तामा ठोकिएको र केही यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुग्दै गरेकोले घाइतेहरुको संख्या र अवस्थाबारे यकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार