२०८३ वैशाख ९ , बुधबार

मुख्यमन्त्री कार्कीको निवासमा शंकास्पद वस्तु फेला



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने वस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए ।

बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार