२०८३ वैशाख ९ , बुधबार

प्रधानमन्त्रीबाट मन्त्रालयहरूको समीक्षा बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक डाकेका छन् । मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार