इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

खबरदृष्टि सम्वाददाता १२ मंसिर २०८१, बुधबार १०:१०

काठमाडौं । इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता आज बिहानबाट लागू भएको हो । सम्झौता हुनुअघि इजरायलले लेबनानको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो।

उक्त बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भयानक मानिएको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट भएको बताइएको छ । आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ । यसअघि सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले लगभग दुई महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो । यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाब समेत उल्लेख गरेका

Next Post

सुर्खेतमा कोभिड-१९ विरुद्धको पेडियाट्रिक खोप सञ्चालन हुँदै

१२ मंसिर २०८१, बुधबार १०:१०
विनोद घिमिरे, (भेरीगंगा) सुर्खेतका चार पालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । ५ देखि ११ वर्षसम्मका सबै बालबालिकालाई कोभिड १९ विरुद्धको पेडियाट्रिक फाइजर खोप लगाउन लागिएको हो । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिका गरी २४ हजार डोज खोप लगाइने भएको हो । स्वास्थ्य […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031