नलगाडमा उपनिर्वाचन : कर्मचारी तथा सुरक्षाकर्मी परिचालन

खबरदृष्टि सम्वाददाता १३ मंसिर २०८१, बिहीबार १५:०६

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा मंसिर १६ गते हुने उपप्रमुखको उपनिर्वाचनमा बिहीबारदेखि कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ। उक्त चुनावमा नलगाड नगरपालिका उपप्रमुख र कुशे–७ मा वडाध्यक्षको चुनाव हुँदै छ। नलगाडमा १७ वटा र स्थल २४ रहेका छन् ।

त्यहाँ १२० जना कर्मचारी परिचालन गरिएको छ। कुशे र नलगाडमा ४२६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नलगाडमा मात्र २६६ जना परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले बताए। डोल्पा, रुकुम पश्चिममा नलगाड नगरपालिका जोडिएको छ।

गत कात्तिक १७ गते गएको भूकम्पमा परी नलगाडकी उपप्रमुखको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इन्द्र चन्द, नेकपा (माओवादी केन्द्र) बाट देवका लामिछाने र नेकपा (एमाले) बाट सुनिता बोहरा चुनावी प्रतिस्पर्धा गर्दै छन्। आजैदेखि सबै ठाउँमा मतदान सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालनको काम जारी रहेको छ।

Next Post

महाबुको अध्यक्षमा समाजवादीका हमालले गरे एमाले उम्मेदवारलाई समर्थन

१३ मंसिर २०८१, बिहीबार १५:०६
दैलेख । मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार जगत हमालले नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन्। समाजवादी महाबु गाउँ कमिटीले समेत एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार शाहीलाई समर्थन गरेको हो । एमालेका शाहीलाई समर्थन गर्दै हमालले महाबुको विकास र […]

सम्बन्धित समाचार

December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031