लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जना थुनामा

खबरदृष्टि सम्वाददाता १४ मंसिर २०८१, शुक्रबार १७:४५

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश बलराम लम्सालको इजलासले आरोप लागेका तीन जनालाई धरौटी मागेको छ । अरु दुई जना साधारण तारेखमा छुटेका छन् ।

जिल्ला अदालतले महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो । जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई साधारण तारेखमा रिहा भएका छन् । उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो ।

यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

अधिकारीमाथि मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो । चौतर्फी आलोचना भएको मुद्दा नचल्ने निर्णयविरुद्ध शुक्रबार मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

Next Post

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

१४ मंसिर २०८१, शुक्रबार १७:४५
काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो । पछिल्लो समयमा केही व्यक्तिले सामाजिक […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031