सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

खबरदृष्टि सम्वाददाता १४ मंसिर २०८१, शुक्रबार १८:४४

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

Next Post

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१, शुक्रबार १८:४४
सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय चर्चित क्रीकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031