
सुर्खेत । स्थानीय तह उपनिर्वाचनको मतदान देशैभरि शान्तिपूर्ण तवरमा सञ्चालन भइरहेको छ। आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्।
देशभरका ४१ स्थानका मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।
तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन्।
प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार