२०८३ वैशाख ९ , बुधबार

उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण



सुर्खेत ।  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्। उनका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्। आज रातिबाटै परिणाम आउन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार