२०८३ वैशाख २० , आइतबार

नलगाडमा ६ सय बढी मतले माओवादीको अग्रता



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ । वडा नम्बर १ देखि ११ सम्मको मतगणना सकिँदा माओवादीका उम्मेदवार देवका लामिछाने झण्डै ६ सय बढी हजार मतले अगाडि छन् ।

लामिछानेले ३ हजार ४ सय ८९ मत ल्याएकी छन् । नेपाली काँग्रेसा उम्मेदवार इन्द्रा चन्द सिंहले २ हजार ८ सय २१ मतसहित दोस्रोमा छन् । नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार १ सय ७४ मत ल्याएकी छन् ।

रास्वपाका उम्मेदवार पार्बती पुनले १ सय ७६ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५३ मत ल्याएकी छिन् । नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १५ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार