२०८३ वैशाख २० , आइतबार

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी



सुर्खेत । डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सो वडामा नेकपा एमालेले जितेको थियो ।

त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत ल्याएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार