
काठमाडौं । सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुधबार राति कास्कीको पोखरा लगिएको छ । चितवनमा बुधबार बयान सकिएपछि उनलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको हो ।
गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई चितवनबाट मध्यराति ३:३० बजे पोखरा पुर्याइएको प्रहरी स्रोतले जनाएको छ । बिहान लैजाँदा उनका समर्थकको भीडभाड हुनसक्ने भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको बताइएको छ ।
प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार