
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौकुने गाउँपालिका समितिको बैठक सम्पन्न भएको छ । शनिवार सभापति बिष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको बैठकमा आगामी पौष १३ गते शनिबार गुटुमा प्रथम ऐतिहासिक अधिवेशन गर्ने तयारी गरिएको छ ।
साथै बैठकमा विभिन्न महत्वपूर्ण निर्णय समेत गरिएको रास्वपा कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार खुल्ला सभा विशाल बजारमा र बन्द बैठक साझा हलमा गर्ने निर्णय गरिएको छ । पालिकास्थित सम्पूर्ण पार्टी सदस्यलाई प्रतिनिधिको रूपमा सहभागी गराउने, प्रसार संयोजकको जिम्मेवारी डायमण्ड जोशीलाई, सह संयोजक भोजराज जैसीलाई र सदस्यहरूमा लक्ष्मी बिसि र जुन संयोजक थापालाई चयन गरिएको प्रवक्ता अधिकारीले बताए ।
आर्थिक समितिमा यामलाल अधिकारी, निर्मला आले र टेकराज बिक चयन भएका छन् । बैठकमा प्रदेश प्रवक्ता अधिकारी, प्रदेश सदस्य निर्मला सापकोटा, प्रदेश सल्लाहकार संयोजक तारा प्रसाद देवकोटा, सल्लाहकार जीवन देवकोटा, बम बुढा, गजराज बयक, जिल्ला समिति कोषाध्यक्ष डिल्लीसरा सलामी, सदस्य हिरासिह थापा, निर्वाचन समिति सह–संयोजक निर्मला आले, सचिव टेकराज बिक, र अन्य नेताहरू प्रशुराम बास्तोला, ताराकेशर सुवेदी, यामलाल अधिकारी, तेजेन्द्र बयक र जगत बोहोरा लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा आगामी कार्य योजनाहरूको रणनीति र कार्यक्रमहरूको कार्यान्वयनका लागि विशेष छलफल भएको र आगामी दिनमा पार्टीको विस्तार र प्रभावलाई मजबुत बनाउन सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको प्रवक्ता अधिकारीको भनाइ छ ।