सल्यान। सल्यानमा एकीकृत समाजवादी पार्टीबाट ३५ जना नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्ने । शनिबार श्रीनगरमा आयोजित कार्यक्रममा, नेकपा एमालेले समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरू सहित ३५ जना नेता कार्यकर्तालाई स्वागत गरेको छ ।
विगतका भूलहरूलाई सच्याउँदै र जनप्रिय पार्टी एमालेलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउँदै समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकी लगायत ३५ जना नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् ।
एमालेमा स्वागत गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्य सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन लगायतका नेताहरुले यस समायोजनले पार्टीप्रति जनताको बढ्दो विश्वासलाई पुष्टि गरेको र संगठित भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
समाजवादीका केन्द्रिय परिषद सदस्य ज्ञानेश्वर केसीले पार्टी फुटेर बनाएको नयाँ संगठनले मजबुती र औचित्य देखाउन नसकेको र एमालेकै नेतृत्वमा देश र जनताको सेवा गर्न सकिने निष्कर्षमा पुगेर आफ्नो पुरानो पार्टीमा फर्किएको बताए यस्तै, समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य राजेश बिक र नवराज बुढाथोकीले विगतमा गरेको गलत निर्णयमा पछुताइ रहेका र एकताले मात्रै बलियो राजनीतिक भविष्य निर्माण गर्न सक्छ भन्ने विश्वासका साथ एमालेमा फर्किएको बताएका छन् ।
एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरूमा शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जिवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक लगायत अन्य नेता कार्यकर्ता पनि रहेका छन् ।