२०८३ वैशाख ८ , मंगलबार
सहकारी ठगी प्रकरण

५१ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई पुनः ४ दिन म्याद थप



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार रविलाई थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद दिइएका हो ।

प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । यहीबीचमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पर्सामा बयानको लागि लैजाने तयारी छ ।

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार