२०८३ वैशाख ९ , बुधबार

मेलाबाट फर्किन लागेको स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु



काठमाडौँ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । रौतहट प्रहरीका अनुसार दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । स्कर्पियो अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

स्कार्पियोमा सवार भएकाहरु बाराको गढीमाई मेला हेरेर सिराहातर्फ जाँदै गरेका प्रहरीले जनाएको छ। मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार