
सुर्खेत । यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । कर्णालीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस निकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीको समीकरण अनुसार कर्णाली प्रदेश महासंघको अध्यक्ष पदमा चौतारीका तर्फबाट विष्णु शर्मा ‘धमला’ र माओवादी निकट प्रेस सेन्टरसहित विभिन्न संगठनबाट गणेश कञ्चन भारतीले मनोनयन दर्ता गरेका छन् ।
यस्तै शर्माको नेतृत्वको प्यानलबाट उम्मेदवारहरुमा उपाध्यक्ष (खुल्ला) का लागि लक्ष्मण केसी, उपाध्यक्ष (महिला) का लागि अप्सरा विष्ट, महासचिवका लागि खगेन्द्रप्रसाद भट्टराई, सचिव (खुल्ला) का लागि विष्णुप्रसाद न्यौपाने, सचिव (समावेशी) का लागि अशोक राजी र कोषाध्यक्षमा ईश्वर अधिकारी रहेका छन्।
यस्तै, भारतीको प्यानलबाट उपाध्यक्ष (खुल्ला) का लागि नारायणबहादुर खड्का, उपाध्यक्ष (महिला) का लागि सरिता चलाउने, महासचिवका लागि दीपककुमार बुढा, सचिव (खुल्ला) का लागि नन्दराम जैसी, सचिव (समावेशी) का लागि भिमबहादुर परियार र कोषाध्यक्षका लागि अशोककुमार सिंह उम्मेदवार रहेका छन् ।



