रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलवार राति ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे हाे । दुर्घटनामा परेर चालकसहित अन्य ४ जना घाइतेसमेत भएका छन्।
लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीको अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका हुन्।
घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते भएको बताएको छ।