२०८३ वैशाख ९ , बुधबार

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) अदालतमा उपस्थित गराइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । रविलाई पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि अदालत उपस्थित गराउन लागिएको बताइएको छ ।

सहकारीको रकम अपचलन आरोपमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछानेलाई पटक–पटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ । लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ ।

एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर २७ गते बिहीबार