२०८३ वैशाख ९ , बुधबार

जबरजस्ती करणी गरेको अभियोगमा सिम्ताका एकजना पक्राउ



सुर्खेत । जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ताका एकजना युवा पक्राउ परेको छन् । पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–४ बस्ने वर्ष १९ का चन्द्र बहादुर परियार रहेका छन् । उनलाई शनिवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय देवस्थलले जनाएको छ ।

परियारले १४ वर्षीया बालिकालाई वनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको बनमाराको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ३० गते आइतबार