२०८३ वैशाख ९ , बुधबार

महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ



काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् । पाठक सोमबार (आज) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् ।

महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि आफैंले गिरफ्तारी दिएको पाठकले बताएकी छन् । धादिङ घरकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको जानकारी दिए ।

यसअघि पनि उनी पक्राउ परेकी थिइन् । उनले आफूलाई बस्नेतले अपार्टमेन्टमा राखेर यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यसअघि पनि उनलाई प्रहरीले साइबर कसुर आरोपमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो।

बस्नेतनिकटहरूले उनलाई हनी ट्रयापर भन्दै ट्रोल बनाउने गरेका छन्। बस्नेतले आफूसँग मन्दिरमा लगेर महेशले विवाह गरेको पनि बताएकी छन् । बस्नेत विवाहित पुरूष हुन् । नेपालको कानुनअनुसार बहुविवाह बर्जित छ ।

प्रकाशित मिति : २०८१ पुस १ गते सोमबार