२०८३ वैशाख ९ , बुधबार

शेखर कोइरालालाई १५ किलोको माला



काठमाडौं । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई धनगढीमा कार्यकर्ताहरूले १५ किलोको माला लगाएर स्वागत गरेका छन्। १५ औं महाधिवेशनमा सभापति उठ्ने बताएका कोइराला सुदूरपश्चिमका कांग्रेसका ९ जिल्ला सभापतिहरूसँग कुराकानी गर्न शुक्रबार कैलालीको धनगढी पुगेका छन्।

नेता कोइरालालाई १५ औं महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना भन्दै कार्यकर्ताहरूले १५ किलोको माला लगाएर स्वागत गरेको कोइरालाको सचिवालयले जनाएको छ। नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित स्वागत गरिएको थियो। कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका युवराज पाण्डे सहितका कार्यकर्ताहरूले १५ किलोको माला लगाएका हुन्।

प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार