२०८३ वैशाख ८ , मंगलबार
सरकारी ठगी प्रकरण

रविविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी



काठमाडौं । सरकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज (आइतबार) कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उनी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो ।

यसअघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले यसअघि जानकारी दिएकी थिइन् ।

लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान नसकिएकाले उनीहरू विरुद्ध शुक्रबार मुद्दा दर्ता हुन नसकेको बताइएको छ । सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशीलगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेको छ ।

अन्तिम दिन सार्वजनिक बिदा परेकोले त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आज मात्रै उनीहरू विरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशक विरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा लामिछाने लगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार