
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यही २१ र २२ पुस मा बस्ने भएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोकेको हो ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजाबारे समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यस्तै केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबारे पनि समीक्षा गर्नेछ ।
प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार