सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीवार बिहान ६ः३३ बजे जाजरकोटको बारेकोट गाउाँपलिकास्थित नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि गत वर्षको कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको ठुलो भुकम्प गएको थियो । उक्त भुकम्पले मानवीय र भौतिक क्षति गराएको थियो ।
प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार